Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानी खस्किँदा नेपाल रिपब्लिक मिडिया ५२ लाख घाटामा

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ११ : ५२ मा प्रकाशित

आम्दानी खस्किँदा नेपाल रिपब्लिक मिडिया ५२ लाख घाटामा

नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको आम्दानी घटेसँगै खुद नाफामा भारी गिरावट भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा ५२ लाख २६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा तीन करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

व्यापारबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले मुख्य व्यापारबाट १३ करोड ५७ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १५ करोड ९१ लाख रहेको थियो । यो त्रैमासमा कम्पनीले व्यापारबाट ४ करोड ८७ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ६४.७६ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ५२ लाख २६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

(०.५४) रुपैयाँ

मूल्य आम्दानी अनुपात

० (अन्तिम मूल्य ३७६ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

८७.८१ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको