Like us!
Follow us!
Connect us!
Watch us!

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ०८ : ०१ मा प्रकाशित

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

 इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १७४ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ बलमा १०२ रन अविजितको शतकीय पारी खेलेका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ४ जित हासिल गरेको मुम्बई प्लेअफको दौडबाट भने बाहिर भइसकेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको सनराइजर्स अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको