Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेबारे रचना रिमाल:‘कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ’

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १३ : ३४ मा प्रकाशित

सन्दीप लामिछानेबारे रचना रिमाल:‘कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ’

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि गायिका रचना रिमालले असन्तुष्टी जनाउदै छिटो निर्णय दिन आग्रह गरेकी छन् । फेसबुकमा स्ट्याटस राख्दै उनले दोषी भए सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन् ‘ दोषि भए कानुन अनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ ’

लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा राखिएको छ ।

अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो ।

सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको