Like us!
Follow us!
Connect us!
Watch us!

सबैको र साधना लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १० : २८ मा प्रकाशित

सबैको र साधना लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको सामुदायिक लघुवित्त र गोरखाको गोरखा नगरपालिका वडा नं. ६ हरमटारीमा रजिष्टर्ड कार्यालय भएको साधना लघुवित्तबीच हिजो बुधबार साँझ ५ बजे गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १:१ सेयर स्वाप रेसियोमा दुई लघुवित्त मर्जरमा जान लागेका हुन् ।

सबैको लघुवित्तको हाल चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ भने किसान लघुवित्तको हाल चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार चार सय रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको