Like us!
Follow us!
Connect us!
Watch us!

शुरु भयो हिमालयन हाइड्रो एक्स्पो, समृद्धिका लागि हरित उर्जाको प्रबर्द्धन गर्ने

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १० : ४२ मा प्रकाशित

शुरु भयो हिमालयन हाइड्रो एक्स्पो, समृद्धिका लागि हरित उर्जाको प्रबर्द्धन गर्ने

समृद्धिका लागि हरित उर्जाको प्रबर्द्धन गर्ने उद्देश्यका साथ चौथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को आयोजनामा वैशाख १२ गतेदेखि वैशाख १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको आयोजना गरिएको हो । उद्घाटनको अवसरमा आज स्काई टावरदेखि ३ सयभन्दा बढी विद्युतीय सवारी साधनहरुको र्‍याली निकालिएको थियो । एक्स्पोलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विशेष सहयोग गरेको छ ।

एक्स्पोको उद्घाटन गर्दै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले आसन्न लगानी सम्मेलनलाई एक्स्पोले अझ सार्थक बनाउने बताए । मन्त्री बस्नेतले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट जलस्रोत क्षेत्रको विकास र विस्तारको काम अझ सार्थक बन्ने विश्वास व्यक्त गरे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले उद्घाटन अवसरमा बोल्दै सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यमा एक्स्पोले योगदान दिने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको