Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले आफैं बिजनेस गर्दैन, निजी क्षेत्रलाई लगानी गर्न दिने हो: अर्थमन्त्री पुन

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, ११ : १७ मा प्रकाशित

सरकारले आफैं बिजनेस गर्दैन, निजी क्षेत्रलाई लगानी गर्न दिने हो: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सरकार आफैंले सरकारले आफैंले व्यापार व्यवसाय नगरेर निजी क्षेत्रलाई लगानी गर्नका लागि नीतिगत रूपमा सहजीकरण गरिदिने बताएका छन् ।

लगानी सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सरकार आफैं बिजनेस गर्दैन, निजी क्षेत्रलाई लगानी गर्न दिने हो, त्यसैले पनि सरकारले अध्यादेशमार्फत् कानून संशोधन गर्ने निर्णय गरको हो, विभिन्न विदेशी कम्पनीले लगानीका लागि इच्छा देखाइसकेका छन्, हामीले सहजीकरण गरिदिने हो,’ उनले भने ।

उनकाअनुसार लगानीकर्ताले नाफा खोज्ने भएकोले कुनै पनि शासन प्रणाली वा बादले कुनै फरक नपार्ने तर्क राखे ।

‘कुन देशमा कस्तो किसिमको पनि शासन प्रणाली वा बाद छ भन्ने विषयले लगानीलाई फरक पर्दैन, लगानीकर्ताले आफूले लगानी गरेको पुँजीको नाफा हेर्ने हो, प्रतिफल छ वा छैन भन्ने विषय प्रमुख हो, यस विषयमा धेरै शंका गर्ने भन्दा पनि नेपालमा पनि लगानीकर्ता आइरहेका छन्, विस्तारै बजार बढ्छ, हामीले नीतिगत सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘लगानीकर्तालाई उत्साह दिने वातावरण सिर्जना गर्ने हो ।’

उनले तेस्रो सम्मेलन सफल हुने विषयमा आफू विश्वस्त रहेको बताए । विगतका सिकाइबाट पनि यो सम्मेलन सफल हुने उनको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको