Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलको नियन्त्रित आक्रमण र इरानको मौनताले मध्यपूर्वमा युद्धको बादल हट्दै

अर्थ संसार

शनिबार, ०८ बैशाख २०८१, १० : ५३ मा प्रकाशित

इजरायलको नियन्त्रित आक्रमण र इरानको मौनताले मध्यपूर्वमा युद्धको बादल हट्दै

बिहीबार मध्यराति इजरायलले इरानको सैन्य एयरबेस क्याम्पमा आक्रमण गरेपछि उत्कर्षमा पुग्ने अनुमान गरिएको मध्यपूर्वको द्वन्द नाटकीय शैलीमा मत्थर भएको छ ।

इरानको इस्फाहानस्थित सैन्य एयरबेसमा इजरायलको तीन ड्रोन खसालेको इरानी सञ्चारमाध्यमले जनाएका थिए । सोही ड्रोन खसाल्ने क्रममा विस्फोटको आवाज सुनिएको इरानले बताउँदै आएको छ । थप हमला हुन सक्ने आशंका बीच इरानले एयर डिफेन्स प्रणाली एक्टिभेट पनि गरेको थियो भने एयर डिफेन्स मिसाइलहरु सूचारु भएसँगै इरानमा कैयौं उडानहरु रद्द समेत भएका थिए ।

तर इरानले इजरायली हमला बारे खासै कठोर अभिव्यक्ति भने दिएको छैन । उक्त हमलाको केही घन्टा अघि मात्रै इरानी विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहियानले इजरायलले थप हिरोपन्ती देखाउन खोजे इरानले तुरुन्तै पूर्ण क्षमतामा प्रत्याक्रमण गर्ने चेतावनी दिएका थिए । तर त्यसपछि भने इरानले उक्त हमलालाई खासै ठूलो महत्व दिएको छैन ।

यता इजरायलले पनि घटना बारे कुनै प्रतिक्रिया दिएको छैन । इजरायल गर्ने कुनै पनि किसिमको प्रत्याक्रमणमा अमेरिकाले साथ नदिने बताएपछि इजरायल पनि इरानसँग सिधा युद्ध हुने अवस्था विकास नगर्ने पक्षमा देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको