Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकलाई पनि एनपिएलकै पीर, तेस्रो त्रैमासमा इम्पेरमेन्ट चार्ज नै ७० करोड

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ०८ : ३० मा प्रकाशित

माछापुच्छ्रे बैंकलाई पनि एनपिएलकै पीर, तेस्रो त्रैमासमा इम्पेरमेन्ट चार्ज नै ७० करोड

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको एनपिएल बढ्दा नाफामा उल्लेख्य गिरावट भएको छ ।

खुद नाफा/घाटा
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको खुद नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमाससम्म बैंकको खुद नाफा ८३ करोड ४४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब ३८.४४ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी
तेस्रो त्रैमास सम्ममा बैंकले ३ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४ अर्ब १३ करोड ५५ लाख रहेको थियो । यो करिब ६.९ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा
तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ४ अर्ब ५० करोड १९ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १२.०७ प्रतिशतले घटेको हो ।

खराब कर्जा अनुपात
अघिल्लो वर्ष २.३७ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ३.६८ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज
तेस्रो त्रैमासिकमा बैंकले इम्पेरमेन्ट चार्ज बापत् ७० करोड ५७ लाख रुपैयाँ छुट्ट्याएको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले कुल ९४ करोड ४३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्जका लागि छुट्ट्याएको छ ।

वितरणयोग्य मुनाफा
जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ३० करोड ५३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

सञ्चित आम्दानी
यो वर्ष सञ्चित आम्दानी ३० करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी
९.८१ रुपैयाँ

मूल्य आम्दानी अनुपात
१७.८४ गुणा (अन्तिम मूल्य १७५.१ रुपैयाँ)

प्रति सेयर नेटवर्थ
१४५ रुपैयाँ ४० पैसा

चुक्ता पूँजी
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ

जगेडा कोष
५ अर्ब ५५ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको