Like us!
Follow us!
Connect us!
Watch us!

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १७ : ३४ मा प्रकाशित

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई विशेष छुट

प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन्। 

प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकका ग्राहकलाई टिकट खरिदमा १० प्रतिशतसम्म छुट दिनेगरी दुईपक्षीय समझदारी भएको हो। सो समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र स्काइवाकका तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य बैंकले यस्तो समझदारी गरेको हो । बैंकका ग्राहक तथा कर्मचारीहरुे यो सुविधा दुई वर्ष सम्म उपभोग गर्न पाउनेछन् ।  

बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको हो । स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको