Like us!
Follow us!
Connect us!
Watch us!

सुप्रिम सहकारी घोटाला प्रकरण: गृहमन्त्री लामिछानेले २ करोड रुपैयाँ कर्जा लिएको खुलासा

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, ११ : १९ मा प्रकाशित

सुप्रिम सहकारी घोटाला प्रकरण: गृहमन्त्री लामिछानेले २ करोड रुपैयाँ कर्जा लिएको खुलासा

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको भेटिएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले १ करोड ८० लाख रुपैयाँ ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । सो रकम लामिछानेले २०७८ पुस ७ मा लिएका हुन् ।

गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खुलेको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनी रुपमा रवि लामिछानेको नाममा ऋण प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ ।

जिल्ला अदालतमा पेश गरिएको अभियोगपत्रमा लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको उल्लेख छ ।  सहकारी सञ्चालकहरूसँग सरकारी वकिलले १ अर्ब २ करोड मागदाबी लिएको छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको