Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १० : ५५ मा प्रकाशित

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ। महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ संकलन भएको छ। घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ। 

गत आवको ९ महिनाको तुलनामा चालु आवमा २ करोड ९५ लाख बढी राजस्व संंकलन महानगरले गरेको  जनाएको छ ।

गत आवको ९ महिनामा  ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व संकलन भएको थियो।

वीरगञ्ज महानगरले गत आवभरिमा  ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व संकलन गरेको थियो। त्यसैगरी, महानगरले आव २०७८र७९ मा भने ५१ करोड २२ लाख २४ हजार ४ सय ९० राजस्व संकलन गर्‍यो।

महानगरले चालु आव २०८०र८१ को लागि ३अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पुँजीगततर्फ  ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो।

महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट  १ अर्ब २० करोड ४४ लाख ३० हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको