Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, २१ : ०४ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।

मङ्गलबार राति १ बजेदेखि लागू हुने नयाँ मूल्यदर अनुसार पेट्रोल लिटरको १७८ रुपैयाँ कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीतेल पनि लिटरको १६१ रुपैयाँ कायम भएको छ । डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य ३-३ रुपैयाँले बढेको हो ।

निगमले मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ । पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १७५.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १७७ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७८ रुपैयाँ कायम भएको छ ।

यसैगरी डिजेल र मट्टीतेलको पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५८.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६० रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १६१ रुपैयाँ कायम भएको छ ।

आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ । सोही बमोजिम नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको