Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, ११ : ४३ मा प्रकाशित

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ  । लघुवित्तले दुई संस्थापक १३ हजार ९९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।  

 सेयर खरिद गर्न इच्छुक  सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस  सेयरमा हाल विद्यमान संस्थापक  सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो  सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको