Like us!
Follow us!
Connect us!
Watch us!

'डुब्दै गरेका कम्पनीको आईपिओ जारी गरेर पैसा खाए, ४०० रुपैयाँमा किनेका सेयर आज १०० रुपैयाँमा आयो'

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, २२ : १८ मा प्रकाशित

'डुब्दै गरेका कम्पनीको आईपिओ जारी गरेर पैसा खाए, ४०० रुपैयाँमा किनेका सेयर आज १०० रुपैयाँमा आयो'

देशका युवा र पैसा स्थिर सँग नरहे सम्म देशको विकास नहुने मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले बताएका छन्। 

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार ७ मंसिर का लागि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको पूर्व सन्ध्यामा पत्रकार भुषण दाहालको अन्तर्वातामा बोल्दै उनले केहि व्यवसायी घरानाको हातमा देशको अर्थतन्त्र रहेको ठोकुवा गरेका छन्। 

प्रसाईले भनेका छन्,'डुब्दै गरेका कम्पनीको आईपिओ जारी गरेर पैसा खाए, ४०० रुपैयाँमा किनेका सेयर आज १०० रुपैयाँमा आयो, साग बेच्ने मान्छे मरे, बाख्राको पाठो बेच्ने मान्छे मरे' . उनले सरकारले पनि यस्तै केहि व्यवसायी घरानाको पछि लागेर जनता प्रति विश्वासघात गरेको आरोप लगाएका छन्। 

दुर्गा प्रसाईंलाई अतिथि बनाएको कार्यक्रम प्रसारणमा एपी वान टीभीले रोक लगाएको थियो । पत्रकार भुषण दाहालले उनको उक्त कार्यक्रम टिभीले रोकेको आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका थिए।  उनले यस कार्यक्रमलाई साझा कथा नामक यूट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको