Like us!
Follow us!
Connect us!
Watch us!

तीन साना जहाज किन्न वायुसेवा निगमद्वारा बोलपत्र आह्वान

अर्थ संसार

आइतबार, ०५ कार्तिक २०८०, ११ : २१ मा प्रकाशित

तीन साना जहाज किन्न वायुसेवा निगमद्वारा बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमले तीन साना स्टोल जहाज किन्न बोलपत्र आह्वान गरेको छ ।

निगमले क्याबिन क्रुबाहेक न्यूनतम १८ सिट भएका विमान खरिद गर्न लागेको हो । आज २२ अक्टोबरदेखि खुलाइएको बोलपत्रमा डिसेम्बर ५ भित्र आवेदन दिइसक्नुपर्नेछ । सर्ट टेकअफ एन्ड ल्यान्डिङ अर्थात स्टोल भनिने उक्त किसिमका जहाजबाट निगमले दुर्गममा उडान गर्ने तयारी गरेको छ ।

निगमका अनुसार किन्न लागिएको विमानको उडान समय २५ घण्टा परीक्षणका लागि भन्दा बढी नभएको हुनुपर्नेछ । यसैगरी आवेदन दिने कम्पनीले विगत १० वर्षदेखि स्टोल विमान निर्माण गरिरहेको हुनुपर्नेछ भने कम्तिमा सोही किसिमका ७५ विमान बिक्री गरिसकेको हुनुपर्नेछ ।

सोल्टी होटलको सेयर बेचेर सेयर किन्न सक्ने निगमको एक अध्ययन समितिले निष्कर्ष निकालेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको