Like us!
Follow us!
Connect us!
Watch us!

बालकृष्ण खाँणबारे कांग्रेस मौन

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १३ : ४६ मा प्रकाशित

बालकृष्ण खाँणबारे कांग्रेस मौन

इतिहासमा पहिलो पटक नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक लाइभमार्फत एक साता चल्यो । पार्टी कार्यालय, सानेपामा एक साता चलेको कांग्रेसको केन्द्रिय समितिको बैठक हिजो (बुधबार) सकियो । पार्टीको सांगठनिक र समसामयिक विषयमा विभिन्न निर्णय लिँदै कांग्रेस बैठक समापन भयो । बैठकले महासमिति बैठकको तिथि मितिदेखि वार्षिक कार्यक्रमको कार्यतालिका पारित गरेको छ । 

जसमा कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ । आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक काठमाडौँमा गर्ने निर्णय छ । २०७८ मंसिरमा १४ औं महाधिवेशनबाट नेतृत्व मात्रै चयन गरेर ६ महिनाभित्र नीति अधिवेशन गर्ने सोच कांग्रेसको रहेको छ । 

त्यस्तै भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणबारे कांग्रेस मौन बसेको छ । बुधबार सम्पन्न भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयका प्रस्तावहरु पेश गरे। यसको दोस्रो नम्बर बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरियो ।

भ्रष्टाचार जघन्य अपराध भएको भन्दै उसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने पनि कांग्रेसले बताएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने समेत कांग्रेसले बताएको छ । तर, भुटानी शरणार्थी प्रकरण र खाँणबारे केही बोलिएको छैन । उनलाई निलमबन गर्ने वा नगर्ने बारे कांग्रेसले केहि पनि बोलेन ।

बैठक सकिएपछि प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गरे । उनले अदालतले दोषी प्रमाणित नगरेसम्म पार्टीले दोषी ठहर गर्न नमिल्ने बताए । ‘सुशासन र भ्रष्टाचारका विष्यायमा शून्य शहनशीलता निश्चित गर्ने निर्णय गरेको छ । यसमा कुनै दुविधा छैन । भ्रष्टाचारलाई नसहने विषयमा अग्रपंक्तिमा छ । दोषी सावित भयो भने प्रोटेक्सन गर्ने काम गर्दैनौं । आरोप प्रमाणित नभएसम्म दोषी हो भनेर भन्न मिल्दैन । प्रमाण नभइकन आरोप अघि बढेको हुनसक्छ । जाँबुझ भैरहेको छ । अदालतले निष्कर्ष निकाल्छ । हामीले कसैलाई दोषी करार गर्न हुन्न ।’  

महामन्त्री थापासहितका नेताले खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्न माग गरेका थिए । तर पार्टीले उनलाई निलम्बन नगर्ने नीति लियो । उनलाई निलम्बन गर्नुपर्ने माग गर्दै थापाले प्रस्तुत गरेको फरकमत रहेको पनि अर्का महामन्त्री विश्वप्रकाश शर्माले निर्णयका क्रममा सुनाएका थिए । 

गगनले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा पनि राखे । अर्को तर्फ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने बताउँदा पूर्वगृहमन्त्री खाँणबारे भने केही बोलेनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको