Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा सोमबार बस्दै, के-के छन् एजेण्डा

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, ११ : ५० मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा सोमबार बस्दै, के-के छन् एजेण्डा

नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारण सभा भोलि (सोमबार) बस्ने भएको छ । सभा नेशनल लाइफ भवनको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुने कमपनीले जनाएको हो ।

सभामा गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनार्थ ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

साथै, सभामार्फत् गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब किताब, आयब्यय तथा नगद प्रवाहसम्बन्धी सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गरिसकेको छ । यसर्थ जेठ १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको