Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १३ : ०३ मा प्रकाशित

किसान लघुवित्तको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएसँगै संस्थाले उक्त सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

संस्थाका तीनजना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ५ हजार, १९ सय र २ हजार गरी जम्मा ८९०० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय धनगढी, कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ड, मण्डीखाटार काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै, संस्थाले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनैपनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित नियमअनुसार अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको