Like us!
Follow us!
Connect us!
Watch us!

छोरालाई भेट्न जाँदा ग्यारेजमै सुतिन् विश्वकै धनाढ्य मस्ककी आमा

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १२ : २७ मा प्रकाशित

छोरालाई भेट्न जाँदा ग्यारेजमै सुतिन् विश्वकै धनाढ्य मस्ककी आमा

एलन मस्ककी आमा मे मस्कले हालै अमेरिकाको टेक्सास भ्रमणका क्रममा आफ्नो अर्बपति छोरालाई भेट्दा उनको असामान्य सुताईबारे खुलासा गरेकी छिन् । बेलायतमा सन्डे टाइम्ससँग कुरा गर्दै ७४ वर्षीया मोडेल र कार्यकर्ताले टेस्ला र स्पेसएक्स सीईओसँगको उनको आबद्धतासहित विभिन्न विषयमा मुख खोलेकी छिन् ।

उनको अर्बपति छोरा सन्सारकै धनाढ्य भए पनि एलनलाई सम्पत्तिबारे कत्ति चासो नभएको उनले बताइन् । स्पेस एक्सको प्रधान कार्यलयसमेत रहेको टेक म्याग्नेटको भ्रमण गर्दा आफू ग्यारेजमा सुतेको उनले बताएकी छिन् । तपाईंसँग रकेट क्षेत्रको छेउमा भव्य घर हुन सक्दैन’ मायेले भनिन् ।

यसै वर्षको सुरुमा एलनले आफ्नो एउटा पनि घर नभएको र ‘साथीको घरमा’ बस्ने गरेको बताएका थिए । सन् २००० मा आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गर्ने आशय व्यक्त गरेका थिए । 

‘मैले सबै भौत्तिक सम्पत्ति बिक्री गर्दैछु । मेरो कुनै घर हुनेछैन्’, ट्वीटरमा उनले भनेका थिए, ‘पैसा आवश्यक छैन । सम्पत्तिले केबल तपाइँको शिर झुकाउँछ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको