Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको मर्जर : ७ अर्बको कम्पनी बन्ने

अर्थ संसार

शुक्रबार, ३० बैशाख २०७९, ०९ : ११ मा प्रकाशित

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको मर्जर : ७ अर्बको कम्पनी बन्ने

बिहिबार राजधानीको ठमेलस्थित एक होटेलमा तीन वटा जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्झौता गरे।  ती कम्पनी हुन् प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ।  

कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल र  प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्यालले आपसमा मर्जरमा जाने सम्झौता (एमओयु) मा हस्ताक्षर गरेका थिए ।

एक आपसको मर्जर पछि गाभिएर नयाँ कम्पनी बन्ने सम्झौतामा उल्लेख छ। यो नै  नेपालमा पहिलो पटक जीवन बिमा कम्पनी मर्जरमा जान लागेका हुन्। 

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ ,गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुनेछ । 

यदि १ : १ : १ अनुपातमा सेयर स्वाप रेसियो तय गरे मर्जर पछि  ७ अर्ब १ करोड ३८ लाख ६६ हजार  चुक्ता पूँजीको कम्पनी बन्ने छ । यी नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी हुनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको