Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, ०६ : २७ मा प्रकाशित

नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?

नेपाल फाइनान्स लिमिटेडले ६९ हजार ३ सय कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । फाइनान्सका केहि संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयरहरू बिक्री गर्न निवेदन पेश गरेको हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । 

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन र प्रतिकित्ता मूल्य समेथ उल्लेख गरेर फाइनान्सको केन्द्रिय कार्यालय, कमलादी काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

615659ab276b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको