Like us!
Follow us!
Connect us!
Watch us!

मिठ्ठाे चिया बेचेर मिठ्ठाे आम्दानी गरेकी चिया दिदीको सफलताकाे कथा

कथा प्रेरणाको

आइतबार, १० असोज २०७८, ११ : ०४ मा प्रकाशित

मिठ्ठाे चिया बेचेर मिठ्ठाे आम्दानी गरेकी चिया दिदीको सफलताकाे कथा

“पहिचानबाट मिलेकाे काम केही समयका लागि मात्र रहन्छ तर कामबाट मिलेकाे पहिचान जीवनभर”

नेपाल एउटा यस्ताे देश हाे, जहाँ बेराेजगारीका कारण दिनहुँ हजाराैँकाे संख्यामा देशका मेरूदण्ड भनिने युवाहरू भविष्यका लागि अथाह सपना बाेकेर विदेश पलायन हुने गर्दछन् । अनि आफ्नाे मेहेनत पाैरख र परिश्रम विदेशी माटाेमा नै बगाउने गर्दछन् । तर काेही व्यक्ति यस्ता पनि हुन्छन् जाे आफ्नै देशमा केही गराैँ भन्ने उद्देश्यले दिन-रात यहीँ पसिना बगाएर सफलताकाे शिखर चुमेका हुन्छन् । तीनैमध्येकी एक हुन्, चिया दिदीकाे नामले परिचित बीमला पराजुली ।

माथि सुरूमा भनिएझैँ बीमला दिदीकाे पहिचान कामबाट मिलेकाे छ । काठमाडाैँकाे बानेश्वरमा विगत १८ वर्षदेखि चिया बेच्दै आइरहेकी बिमलाकाे सफलता र पहिचान अहिले सर्वत्र चर्चामा छ । 

आफ्ना श्रीमानसँग ५ सय रूपैयाँ लिएर ५ सयकाे लगानीमा चिया बेच्न सुरू गरेकी उनी अहिले दैनिक ५ सय कप भन्दा धेरै चिया बेच्दछिन् । गरे के हुँदैन र, केही गर्छु भन्ने दृढ संकल्प भने राख्नुपर्दछ । आफूले केही गर्छु भन्ने इच्छा बाेकेमा बाटाहरू आफैँ खुल्दै जान्छन् । त्यसैले त भनिन्छ, "जहाँ इच्छा त्यहाँ उपाय ।"

बिमला दिदी भन्छिन्, "आफूले मिठाे खानुपर्छ भने अरूलाई पनि मिठाे खुवाउनुपर्छ । म सधैँ यही साेचेर चिया पकाउँछु । त्यसैले, मैले पकाएकाे चिया खान यहाँ धेरै मान्छेहरू आउनुहुन्छ ।" उनी थप्छिन्, "मेराे कामले गर्दा कति महिला दिदी बहिनीहरूलाई प्रेरणा मिलेकाे छ । कुनै पनि काम सानाे वा ठूलाे हुँदैन । सबै काम गर्न मेहेनत गर्नुपर्छ ।

सुरुवाती दिनहरुमा राेडमा बसेर चिया बेच्दा अनेकाैँ दुख खेप्नुपरे पनि अहिले परिवारको समर्थन र चिया पिउन आउने मान्छेहरूले गर्ने प्रशंसाले उनलाई काम गर्न झनै उर्जा मिलेकाे छ । 

हेराैँ सयाैँ मान्छेहरूई मिठाे चिया खुवाएर सफलता चुमेकी बीमला दिदीकाे प्रेरणाकाे कथा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको