Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुग्यो, आज कति थपिए ?

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १६ : ४६ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १० जना पुरुष छन् ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । मृतक महिलाहरुमा काठमाडौं, गोरखा, नवलपरासी, पर्सा र  कपिलवस्तुका एक/एक जना छन्  छन् ।

यस्तै पुरुषहरु मोरङका २ जना छन् भने काठमाडौंका ५ जना रहेका छन् । यसैगरी ललितपुर, भक्तपुर र  रामेछापका एक/एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० जना संक्रमित थपिँदा ८७९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर ५५ हजार ३२९ जनामा कोरोना संक्रमण हुँदा ७१.५ प्रतिशत अर्थात् ३९ हजार ५७६ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ११८ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार २७५ जना रहेका छन्  । यस्तै क्वारेन्टाइनमा ६ हजार ८९२ जना छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको