Like us!
Follow us!
Connect us!
Watch us!

रिचार्जरमा मेगा सेल ग्याजेट मेला हुँदै

निशा हुमाँगाई

विहीबार, ०४ भदौ २०७७, १३ : ५७ मा प्रकाशित

रिचार्जरमा मेगा सेल ग्याजेट मेला हुँदै

अर्थ संसार, काठमाडौं – रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरूको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ ।

मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरू उपलब्ध हुनेछन् । 

आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरू सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरूको पनि बिक्री खुल्ला गर्न लागेको हो । 

यसैगरी, ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिएका छन् ।

भदौ ११ गतेबाट एक सातासम्म चल्ने मेलामा सामान खरिद गर्नेहरूले भदौ ३ गतेदेखि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता खोल्दा एक हजार बराबरको क्यास प्वान्ट तत्काल रिचार्जर एकाउण्टमा जम्मा ग्लाइडरले जानकारी दिए ।  

त्यसैगरी, भदौ ३ गतेदेखि १० गतेसम्ममा रिचार्जर डाउनलोड गरी खाता सञ्चालन गर्नेहरूमध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराइनेछ भने हरेक दिन एक जनालाई स्मार्ट फोन उपलब्ध गराइने रिचार्जरले जनाएको छ । हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक पेज लाइभ मार्फत विजेता घोषणा गरिनेछ । 
 

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको