Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

निशा हुमाँगाई

विहीबार, २९ साउन २०७७, १४ : ५९ मा प्रकाशित

शेयर बजारमा दोहोरो अंककाे गिरावट !

अर्थ संसार, काठमाडौं –  साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५३ अंकले घटेर एक हजार ४०८.७९ मा पुगेकाे छ । नेप्से १.१६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४५ अंकले घटेर २९३.८४ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे ३४ लाख ९ हजार ४ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड ४३ लाख ७ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एउटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

           हेराैं आजकाे शेयर तालिका :

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको