Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरले बढायाे नाफा (विवरणसहित)

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १३ : ०२ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरले बढायाे नाफा (विवरणसहित)

अर्थ संसार, काठमाडौं –  सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा कम्पनीले ३६ करोड ८३ लाख ८४ हजार ६ सय ३२ रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे भन्दा ५९.३२ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २३ करोड १२ लाख १८ हजार १ सय २८ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ८६ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे भन्दा १८.७१ प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ७२ करोड ५० लाख  रुपैयाँ आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ, जगेडा कोषमा  ३२ लाख ७४ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८४ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको