Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १० : ५० मा प्रकाशित

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – सुनको मूल्यले आज (मंगलबार) पनि ओरालाे यात्रा तय गरेकाे छ ।

मंगलबार सुनकाे मूल्य ताेलाकाे ८ सय रूपैयाँले घटेर  प्रतिताेला १ लाख १ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ पनि ताेलाकाे ८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने ताेलाकाे ४० रुपैयाँले बढेर प्रतिताेला एक हजार ४ सय ३५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

हिजाे साेमबार सुनकाे मूल्य ताेलाकाे २ सय रूपैयाँले घटेर  प्रतिताेला १ लाख २ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे थियाे भने चाँदी ताेलाकाे १५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ९५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको