Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ बाँडफाँट : शेयर पाउने कति, नपाउने कति ?

अर्थ संसार

मंगलबार, २७ साउन २०७७, १० : १७ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ बाँडफाँट : शेयर पाउने कति, नपाउने कति ?

अर्थ संसार,  काठमाडौं - एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) आज अर्थात मंगलबार विहान ९ बजे बाँडफाँट गरिएको छ । 

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन् भने ९७ हजार ३४४ जना आवेदकको हात खाली भएको छ ।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर विक्री नभएपछि उक्त शेयरसमेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। थोरै जनाको मात्र उपस्थितिमा सानिमा क्यापिटलकै कार्यालयमा आईपीओ  बाँडफाँट गरिएको हो । 

उक्त आइपिओको प्रि–अलोटमेण्ट आइतबार सम्पन्न भएको थियो । कम्पनीले निष्कासन गरेको आइपीओमा ४ लाख २८ हजार १ सय ५३ जना आवेदकले ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन  दिएका छन् । जुन मागभन्दा ५ दशमलव २४ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२  कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको