Like us!
Follow us!
Connect us!
Watch us!

"विदेशमा गएर सीप सिकाैँ नेपालमा आएर उपयोग गराैँ", प्रेरणाका स्रोत सोनम शेर्पाको कथा (भिडियोसहित)

निशा हुमाँगाई

शनिबार, २४ साउन २०७७, १२ : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपालमा राेजगारीकाे अभावका कारण वैदेशिक रोजगारका लागि आफ्नो देश छाडेर विदेश पलायन हुने नेपालीहरू लाखाैँका संख्यामा छन् । काेही राेजगारीकाे बहानामा त काेही अध्ययनका लागि यहाँबाट दिनहुँ हजाराैँ नेपालीहरू विदेशकाे बाटाे तताउँछन् । तीनै मध्ये एक हुन् द न्यू बार्बर नेपालका संस्थापक साेनम शेर्पा ।

विदेशमा गएर सीप सिकी नेपालमा आएर उपयोग गर्नेहरूमा साेनम शेर्पा पनि पर्दछन् । अध्ययनकाे शिलशिलामा जापान भित्रिएका शेर्पाले पढाइ सक्याएर पुरा समय काम गर्न खाेज्दा काम पाएनन् । त्यसपश्चात साथीकाे आदेशमा उनी जापानकाे सहरमा रहेकाे कपाल काट्ने कम्पनीमा आवद्ध भएर कामकाे सुरूवात गरे । उक्त कम्पनीमा जसले माथिल्लाे तहसम्मकाे कपाल काट्न जान्दछ उसलाई सबैभन्दा धेरै पैसा दिइन्थ्याे । साेही कुराबाट प्रेरित भएर शेर्पाले पनि आफूलाई यस सीपमा पाेक्त बनाउँदै गए । त्यस कुरामा जोश नभएका उनलाई धेरै तलव आउने कुराले गर्दा भने काम सिक्न आकर्षित बनाएकाे थियाे । दिनरात मेहेनत गरी सीप कमाएर उच्च तलव थापिरहेका उनी एकाएक डिप्रेसनका सिकार बन्न पुगे । डिप्रेसनबाट गुज्रिरहेका उनले एकदिन इन्स्टाग्राममा ह्यासट्याग बार्बर सर्च गर्दा एक सातामा "बार्बर ब्याटल" भन्ने कार्यक्रम हुन लागेकाे कुरा पत्ता लगाए । उक्त कार्यक्रम के रहेछ भन्ने हेर्न पुग्दा शेर्पा एकछिनसम्म चकित परे । त्यहाँ बार्बरहरूलाई सेलिब्रेटी जसरी व्यवहार गरिँदै थियाे । मानिसहरू बार्बरहरूकाे अटाेग्राफ लिइरहेका थिए । त्यस कुराबाट माेहित भएर उनलाई यस क्षेत्रकाे बारेमा झन् धेरै कुरा जान्ने जिज्ञासा भयाे । यसले गर्दा उनलाई डिप्रेसनबाट उम्कन समेत सजिलाे भयाे । त्यहाँ काम गर्दा गर्दै उनलाई नेपालमा पनि यस्तै एउटा बार्बर भइदिए हुने भन्ने साेच पलाउन थाल्याे । 

त्यहाँबाट सीप बटुली आफ्नै भूमी नेपालमा केही गर्नुपर्छ भन्ने साेच राखी उनी नेपाल फर्किए । नेपालमा आएर यस व्यवसाय सञ्चालन गर्न उनलाई सजिलाे थिएन । काम गर्ने जनशक्ति नपाउनु उनकाे मुख्य समस्या रहेकाे थियाे । सुरूवाती चरणमा आएका अनेकाैँ चुनाैतीहरूलाई सामना गर्दै अघि बढेका उनी आज हजाराैँ नेपाली युवाहरूका लागि प्रेरणाका स्रोत बन्न सफल भएका छन् ।

हेराैँ शेर्पाकाे प्रेरणाकाे कथा :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको