Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओ बाँडफाँड : कसले कति कित्ता पारे हात ?

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १७ : २४ मा प्रकाशित

साधना लघुवित्तको आइपिओ बाँडफाँड : कसले कति कित्ता पारे हात ?

अर्थ संसार, काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते आइतबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) आज (असार २९ गते, साेमबार) बाँडफाँड भएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय जमल, काठमाडौंमा बाँडफाँड भएकाे उक्त आइपिओमा ६६ हजार १ सय ५२ जना लगानीकर्ताहरुले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी ३ लाख ८१ हजार ६ सय ९७ जना आवेदकको हात खाली भएको छ । आइपिओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएकाे हाे ।

लघुवित्तले निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा ४ लाख ५८ हजार ६४३ जना लगानीकर्ताहरुले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका थिए । जुन मागभन्दा १७ दशमलव ०२ गुणा धेरै हो । जसमध्ये १० हजार ३१ हजार जनाको आवेदन रद्द भएको थियाे ।

लघुवित्तले असार २१ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०.५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याएकाे थियाे ।

यो पनि पढ्नुहोस्

लाभांश पारितसँगै हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न 

शेयरधनीको प्रश्नैपश्नबीच नेशनल हाइड्रोपावरको सधारणसभा सम्पन्न 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको