Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
काठमाडौंका ६ सहित थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, २८ असार २०७७

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १६ हजार ८ सय १ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

डा. जागेश्वर गाैतमका अनुसार आइतबार काठमाडौंका ५ जना र ललितपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved