Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट चौतारी र आरम्भ लघुवित्तको एकीकृत कारोबार सुरू

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १५ : १४ मा प्रकाशित

आजबाट चौतारी र आरम्भ लघुवित्तको एकीकृत कारोबार सुरू

अर्थ संसार, काठमाडौं - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २२ गते, साेमबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।

दुवै संस्थालाई मर्जर प्रक्रिया सम्पन्न गर्न नेपाल राष्ट्र बैंकले फागुन १८ गते, आइतबार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । यस्तै, दुवै कम्पनीको पुस ९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू भएकाे छ भने संस्थाकाे केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा रहकाे छ ।

चौतारी र आरम्भ लघुवित्त १ बराबर १ शेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । नेप्सेमा आरम्भ लघुवित्तको ६ लाख ४४ हजार २८० कित्ता र चौतारी लघुवित्तको १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको