Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार बिहानै थपिए ५८ जना कोरोना संक्रमित

निशा हुमाँगाई

शनिबार, ०६ असार २०७७, ०९ : २१ मा प्रकाशित

शनिबार बिहानै थपिए ५८ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । शनिबार बिहानै गण्डकी प्रदेशका थप ५८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । याे सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या ४३८ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, चितवनको भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षण अनुसार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जना, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना र बागलुङमा ८ जना गरी थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

g press 20200620005911

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको