Like us!
Follow us!
Connect us!
Watch us!

अब सम्झनामा मात्र वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १४ : ४० मा प्रकाशित

अब सम्झनामा मात्र वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

अर्थ संसार, काठमाडौं – नेपालका वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी अब सम्झनामा मात्र रहेका छन् । ९१ उनकाे आज (आइतबार) आफ्नै घर बागडोलमा बिहान ११ बजेर २० मिनेटमा निधन भएको हाे ।

उनी विगत ८ वर्षदेखि पक्षघातबाट बिरामी थिए । उनको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिने चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । यसैगरी, उनको निधनले नेपाली चलचित्र क्षेत्रका सबै कलाकारले दुख व्यक्त गरेका छन् ।

त्यस्तै, चलचित्र ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरीले भाग्य रेखा’ ‘युद्ध’ ‘विश्वास’, ‘फेरि भेटौँला’, ‘मायालु’, भागी भागी नजाऊ’ लगायत तीन दर्जन बढी नेपाली चलचित्रसँगै भारतीय चलचित्र ‘पञ्चओटी’ तथा पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका थिए । साथै उनले टेलिसिरियल र थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए ।

उनकाे निधनले नेपाली कलाक्षेत्रमा ठूलो क्षति पुगेको छ । उनकाे नेपाली कला क्षेत्रमा ठुलाे याेगदान रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको