Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए ६० जना कोरोना संक्रमित

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १३ : ४९ मा प्रकाशित

फेरि थपिए ६० जना कोरोना संक्रमित

अर्थ संसार काठमाडाैं - नेपालमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।प्रदेश २ मा आइतबार बिहानै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमितमध्ये रौतहटका २९ जना, धनुषाका २१ जना र सर्लाहीका १० जना रहेका छन् । 

यसैगरी, रौतहटमा थपिएका संक्रमितमध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० जना र गौर क्वारेन्टिनका ११ जना हुन् । धनुषाबाट संक्रमित हुनेमा मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र गणेशमान चारनाथ नगरपालिकाका एक जना रहेका छन् । र सर्लाहीमा संक्रमित भएकामध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् ।

त्यस्तै, उनीहरू सबैकाे स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको