Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा फेरि थपिए १८ जना कोरोना संक्रमित

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १० : ५९ मा प्रकाशित

नेपालमा फेरि थपिए १८ जना कोरोना संक्रमित

अर्थ संसार काठमाडाैं - नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । याे सँगै कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या १२३ जना पुगेको छ । 

संक्रमितमध्ये दैलेखका १७ जना र कालिकोटका एक जना रहेका सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

त्यस्तै, कोरोना संक्रमणबाट कर्णालीमा एक जनाको मृत्यु पनि भइसकेको छ ।  भारतबाट फर्किएका दैलेखका ३५ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । 

 

 

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको