Like us!
Follow us!
Connect us!
Watch us!

डा. रवीन्द्र पाण्डे भन्छन् - कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ

शुक्रबार, १६ जेठ २०७७, ०९ : २८ मा प्रकाशित

डा. रवीन्द्र पाण्डे भन्छन् - कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ

अर्थ संसार, काठमाडौं - जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी रहेकाे बताएका छन् । 

कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ । विकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै वैज्ञानिक प्रयास गरिरहेका छन् । हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको व्यवस्थापकीय शैलीलाई परिवर्तन गर्नु आवश्यक छ ।

- PCR परीक्षणको संख्या र दायरालाई व्यापक बढाउने । संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने ।

- होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने ।

- कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने । होम आइसोलेसन वा सेल्फ आइसोलेसनको व्यवस्था गर्ने । ९० % भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ । सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने । यसो गर्दा संक्रमितलाई घरेलु वातावरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ । घरमा आइसोलेसनको वातावरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने ।

- सास फेर्न गाह्रो हुने लगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने ।

- संक्रमण जिरो देखिएका जिल्लामा मात्र RDT टेस्ट गर्ने । त्यहाँ RDT टेस्ट पोजिटिभ देखिएमा PCR टेस्ट बढाउने । RDT लाई जबर्जस्ती बिस्तार नगर्ने ।

- मृतकमा कोरोना संक्रमणबाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने वातावरण एकदम न्यून हुन्छ ।

- रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि संचार माध्यममा सामाजिक दुरी, मास्कको सहि प्रयोग, रोगप्रतिरोधात्मक क्षमता बढाउने उपाय लगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशन / प्रसारण गर्ने ।

- मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सुचित गर्ने ।

- भारत वा अन्य देशबाट नेपालीलाई सिमानाका PCR Test गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने ।

- जनस्वास्थ्य चेतना निकै फितलो छ । तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम संचालन गर्ने ।

- आम नागरिकलाई कोरोना भाइरससँग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने ।

- खोप, नसर्ने रोग / दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने ।

- अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने । स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त PPE को व्यवस्था गर्ने ।

- सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने ।

- मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको