Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंकले फेरि बाेलायाे स्थगित गरिएकाे सभा, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

शुक्रबार, १६ जेठ २०७७, ०८ : ४९ मा प्रकाशित

सहयोगी विकास बैंकले फेरि बाेलायाे स्थगित गरिएकाे सभा, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं - सहयोगी विकास बैंक लिमिटेडले स्थगित गरिएकाे आफ्नाे १६औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे जेठ १५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २४ गते शनिबार बैंककाे केन्द्रिय कार्यालय जनकपुरधाम, धनुषामा दिउँसाे २ बजेदेखि सुरू हुनेछ ।

यसअघि चैत्र १० गते साेमबार होटल मानकि इन्टरनेशनल, जनकपुर, धनुषामा दिउँसाे १ बजेदेखि सुरू गर्ने भनिएकाे बैंककाे १६औँ वार्षिक साधारण सभा काेराेना भाइरसका कारण स्थगित भएकाे थियाे । 

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम बैंककाे हाल कायम चुक्ता पूँजीकाे १८.७२१५ प्रतिशतकाे दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा सहयोगी विकास बैंक लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा विलय गर्ने सम्बन्धमा देहायका प्रस्तावहरू पारित गरिने विशेष एजेन्डा रहेकाे छ ।

त्यस्तै, सहयोगी विकास बैंककाे १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता (१:०.९१७५) शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) हुने प्रस्ताव पारित गरिने पनि विशेष एजेन्डा रहेकाे छ । सिटिजन्स बैंकसँग विलय हुने भएपछि सहयोगीको कारोबार असार २३ गते देखि रोक्का गरिएको थियाे । 

यस्तै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ed07d80824cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको