Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% ले वृद्धि

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १३ : ४४ मा प्रकाशित

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% ले वृद्धि

अर्थ संसार, काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को तेश्रो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै २१२% ले वृद्धि गरेको छ ।  गत चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख रूपैयाँ रहेकोमा यस चैत्र मसान्तमा सो रकम १ अर्ब २६ करोड ४५ लाख पुगेको छ ।

यसका साथै, सोही अवधिमा कम्पनीको खुद बीमा शुल्कमा पनि ७९% को वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा खुद बीमाशुल्क ६५ करोड ५ लाख रूपैयाँ संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा १ अर्ब  १६ करोड ३५ लाख रूपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानीलाई प्राथमिकता दिई कुल लगानी रकम करिब ३ अर्ब ६० करोड रूपैयाँ मध्ये ९६% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

त्यसैगरी, यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

साथै, कम्पनीले अहिलेको विषम परिस्थितिमा आफ्ना लिडरहरूको व्यवसायिक मनोवल उच्च गराउन सम्पूर्ण कर्मचारी तथा कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरूलाई १ लाख रूपैयाँको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराउनुका साथै बीमितहरूको सुविधालाई मध्यनजर गरी E-Sewa, Fone Pay, Connect IPS लगायतका डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको