Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ३०४ जना रेड जोनमा

निशा हुमाँगाई

सोमबार, १५ बैशाख २०७७, १६ : ५० मा प्रकाशित

नेपालमा ३०४ जना रेड जोनमा

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा ३०४ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २७ हजार ५ सय ४२ जनाले आफ्नो विवरण भरेकाेमा उनीहरूमध्ये संभावित संक्रमितको सूचीमा कुल ३०४ जना परेका जानकारी दिएका हुन् । 

रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यसैगरी, हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १० हजार ४ सय ७१ जनाको पिसिआर विधिबाट र ४३ हजार ६३ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, उनले हालसम्म २० हजार १९५ जनालाई क्वारेन्टाइनमा राखिएको बताए ।साथै, काठमाडौं उपत्यकामा ८ जना र बाहिर ९८ जना गरी कुल १०६ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ५२ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ३६ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । जसमध्ये कोशी अस्पतालमा ३१ जना, नारायणी अस्पतालमा ३ जना, भरतपुर अस्पताल र  धनगढीमा एक एक जना उपचाररत रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको