Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाका कारण बेलायतमा पूर्व गोरखा सैनिकको निधन

निशा हुमाँगाई

आइतबार, ३० चैत्र २०७६, ०९ : ३३ मा प्रकाशित

कोरोनाका कारण बेलायतमा पूर्व गोरखा सैनिकको निधन

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

स्याङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको हाे।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जानकारी दिएका छन् । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको