Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको संस्थापक सेयर फेरी तेस्राे पटक बिक्रीमा

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १२ : ०० मा प्रकाशित

सूर्या लाइफको संस्थापक सेयर फेरी तेस्राे पटक बिक्रीमा

अर्थ संसार, काठमाडौं–एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्सुरेन्सको संस्थापक सेयर मंगलबार ९चैत ४ गते बाट पुनः बिक्री खुला गरेको छ । कुल ३९ हजार १०० कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो । एनआइसी एसिया बैंकले यसअघि दुईपटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि तेस्रो पटक पुनः बिक्री गर्न लागेकाे हो । 
 
आवेदनका लागि न्यूनतम भाउ २५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । र साथै, १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।

एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको