Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा गिरावट, प्रतिताेला कति ?

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, ११ : ५२ मा प्रकाशित

सुनकाे मूल्यमा गिरावट, प्रतिताेला कति ?

अर्थ संसार, काठमाडौं – दिनानुदिन बढिरहेकाे सुनकाे मूल्यले आज भने ब्रेक लिएकाे छ । काेराेना भाइरसकाे प्रभावले गर्दा हाल नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाइरहेकाे छ । मंगलबार भने सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।

साेमबार सुन ताेलामा १५ सय रूपैयाँले बढेर प्रतिताेला ८० हजार ३ सय रुपैयाँ पुगेकाेमा आज (मंगलबार) भने ताेलामा ३ सय रूपैयाँले घटेर प्रतिताेला ८० हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतिताेला ९ सय २५ रुपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको