Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य प्रतिताेला १ लाखकाे बाटाेमा

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, ११ : २२ मा प्रकाशित

सुनकाे मूल्य प्रतिताेला १ लाखकाे बाटाेमा

अर्थ संसार, काठमाडौं – दिनानुदिन बढिरहेकाे सुनकाे मूल्य एक लाखकाे बाटाेमा लम्किरहेकाे छ भन्दा खासै फरक नपर्ला । काेराेना भाइरसकाे प्रभावले गर्दा हाल नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाएर रेकर्ड ब्रेक गरेकाे छ ।

आइतबार सुन ताेलामा सात सय रूपैयाँले बढेर प्रतिताेला ७८ हजार ८ सय रुपैयाँ पुगेकाेमा आज (साेमबार) पनि ताेलामा १५ सयले बढेर प्रतिताेला ८० हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला ९ सय २५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

त्यस्तै, लगातार सुनकाे मूल्य बढ्नाले काराेबार ह्वात्तै घटेकाे सुन व्यवसायीहरूकाे गुनासाे रहेकाे छ । यता विवाह गर्नेलाई समेत लगातार सुनकाे मूल्य बढ्नाले सकस पुगेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको