Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर पश्चात ग्लोबल आइएमई बैंकको खुद मुनाफा २ अर्ब १४ करोड

निशा हुमाँगाई

आइतबार, २६ माघ २०७६, १४ : ३२ मा प्रकाशित

मर्जर पश्चात ग्लोबल आइएमई बैंकको खुद मुनाफा २ अर्ब १४ करोड

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब  १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लिमिटेडको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ । त्यस्तै, उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३७.१३ प्रतिशत धेरै हाे । 

ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एकआपसमा गाभिई गत मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरू भएको थियो । 

यसैगरी, मर्जर पश्चात ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी २४ अर्ब ८७ करोड रुपैयाँ, कुल पूँजी २८ अर्ब १६ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ र कर्जा तथा ऋण लगानी १ खर्ब ९८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । 

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा  ४९.०३ प्रतिशत धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा रहेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा १.३२ प्रतिशत कम हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी २३ रुपैयाँ ८५ पैसा रहेकाे थियाे । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २३ पैसा रहेकाे छ ।

यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन नाफा ३६.०८ प्रतिशतले बढाएर २ अर्ब ३६ करोड ९४ लाख ५६ हजार रुपैयाँ पुर्याएकाे छ ।

त्यस्तै, बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको