Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख, कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ?

अर्थ संसार

मंगलबार, ०८ पुस २०७६, १७ : १० मा प्रकाशित

नेपाल बंगलादेश बैंकका सिइओ  ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख,  कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ?

अर्थ संसार,काठमाडौं–  नेपाल बंगलादेश बैंक लिमिटेडको कार्यकारी अधिकृत (सिइओ)  का लागि गत आर्थिक वर्षमा १ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । ज्ञानेन्द्र प्रसाद ढुंगाना नेपाल बंगलादेश बैंकको सिइओ   हुन् ।

सिइओ ढुंगानाले गत आर्थिक वर्ष तलब तथा भत्ता १ करोड ४१ लाख रुपैयाँ, बोनस, उत्पादन संचयकोष तथा आषधि उपचार खर्च समेत पाएका छन् ।  बैंकबाट लिएको तलव भत्ताबाट सिइओ ढुंगानाले राज्यलाई कर समेत तिरेका छन् ।

त्यसै गरी बैंकले संचालकहरुको बैठक भत्ता (समितिको बैठक भत्ता समेत) गरी २१ लाख ७४ हजार रुपैयाँ, प्रबन्धक तहका कर्मचारीको लागि तलब ३ करोड ७९ लाख ३४ हजार ८७८ रुपैयाँ, भत्ता १० करोड ९१ लाख ४९ हजार १९९ रुपैयाँ खर्च गरेको छ । त्यसै गी बैंकले कर्मचारीहरुका लागि ९७ करोड ९८ लाख ७० हजार ९ सय रुपैयाँ खर्च गरेको छ   ।

बैंकले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार  गरी ५० करोड ८ लाख ७ हजार ६३० रुपैयाँ कार्यालय सञ्चालन खर्च गरेको छ ।  बैंकले लगानीकर्तालाई ७ प्रतशित नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिएको छ ।बैंकले सोमबार राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको साधारणसभा सम्पन्न : के-के प्रस्तावहरु पारित भए त ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको