अर्थ संसार, काठमाडौं– सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४०० ले बढेर ७१ हजार २०० रुपैयामा कारोबार भईरहेको छ ।
त्यसैगरी बुधवार ७० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य ४ ०० ले बढेर ७० हजार ९०० रुपैयामामा कारोबार हुँदै छ ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६१ हजार०४५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार ७९० रुपैयाँ कायम गरेको छ।
तेसैगरी आज प्रति तोला चाँदीको मूल्य ८४० रुपैयाँ कायम गरेको छ ।
मंसिरको बिहेको लगन संगै सुनको माग बढेको र यसको कारण सुनको भाउ बढिरहेको एक सुन व्यवसायी बताउछन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस