Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेको साधारणसभामा कुलमानको वाह वाह !

अर्थ संसार

बुधबार, ११ मंसिर २०७६, १७ : ३६ मा प्रकाशित

चिलिमेको साधारणसभामा कुलमानको वाह वाह !

अर्थ संसार, काठमाडौं– चिलिमे जलविद्युत कम्पनी लिमिटेडको साधारणसभासमा बोल्ने शेयरधनीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गुणगान गाएका छन् ।

कुलमान घिसिङको अध्यक्षतामा भएको साधारणसभामा शेयरधनीले खुलेरै प्रशंसा गरेका  थिए । साधारणसभामा बोल्दै शेयरधनी डमरु बल्लभ घिमिरेले भने–‘१८ घण्टाको लोडसेडिङ्गबाट कुलमान सरले हामीलाई छुटकारा दिनुभयो, गरे भने काम गर्न सकिदो रहिछनी ।’ देशलाई कुलमान जस्तो मान्छ धेरै जना आवश्यक रहेको बताउँदै शेयरधनी घिमिरेले अरु राजनीतिक नेतलाई समेत कुलमानबाट पाठ सिक्न आग्रह गरे ।

त्यसै गरी साधारणसभामा बोल्दै शिवप्रसाद पौडलेले मुक्तकण्ठले प्रशंसा गरे । साधारणसभामा बोल्ने क्रममा पौडलले आफ्नो बुढीले कुलमान घिसिङलाई पठाएको  सन्देश समेत सुनाउन भ्याए । 

पौडले भने ‘आज विहान घरबाट हिड्न लाग्दा मेरो बुढीले सोधिन, कहाँ जान लागेको ? मैले भने चिलिमे जलविद्युत कम्पनीको साधारणसभा । त्यसो भए कुलमान कुलमान घिसिङलाई भनिदिनु, लोडसेडिङ्ग अन्त्य गरेको धेरै धेरै धन्यवाद ।’

लोडसेडिङ्गको अन्त्यले देशको  आर्थिक विकास  टेवा पुगेको पौडेलेको भनाई । डमरु र शिवप्रसाद जस्तै अमृत रेग्मी लगायतले कुलमानको प्रशंसाको गरेका थिए ।

यो पनि पढ्नुहोला

सहुलियतपूर्ण कर्जा दिन ३ सरकारी बैंक तयार, अर्थमन्त्रीलाई साक्षी राखी युवा परिषदसँग हस्ताक्षर

२५ पतिशत लाभांश पारितसँगै चिलिमे जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न (फोटोफिचार)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको