Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपूर्ण कर्जा दिन ३ सरकारी बैंक तयार, अर्थमन्त्रीलाई साक्षी राखी युवा परिषदसँग हस्ताक्षर

बुधबार, ११ मंसिर २०७६, १६ : १६ मा प्रकाशित

सहुलियतपूर्ण कर्जा दिन ३ सरकारी बैंक तयार, अर्थमन्त्रीलाई साक्षी राखी युवा परिषदसँग हस्ताक्षर

अर्थ संसार, काठमाडौं– युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गर्ने सम्बन्धमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद् नेपाल र नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा कृषि विकास बैंक लिमिटेडबीच बुधबार समझदारी भएको छ ।

अर्थ मन्त्रालयद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत(दोश्रो संशोधन) कार्य्विधि २०७६ को प्रभावकारी कार्यान्वयनका लागि ३ वटा वाणिज्य बैंकले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितमा  एक समारोहका बीचसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

 समझदारी पत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय र नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । युवा उद्यमशीलता र स्वरोजगारको प्रबद्र्धन गर्ने सम्बन्धमा समझदारी भएको हो ।

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिने जनाइएको छ ।

त्यसैगरी, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवम् प्रबद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विभन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विधार्थीलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन, लघु बीमा प्रिमियममा अनुदान दिन तथा भूकम्प पीडितहरुको लागि निजी आवास निर्माणका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि नेपाल सरकारबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान  दिइने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको