Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको १६.१५ %  बोनस शेयर तथा कर तिर्न ०.८५% नगद लाभांश दिने घोषणा

प्रजना राई

शुक्रबार, १५ कार्तिक २०७६, १२ : ०२ मा प्रकाशित

गरिमा विकास बैंकको १६.१५ %  बोनस शेयर तथा कर तिर्न ०.८५% नगद लाभांश  दिने घोषणा

अर्थ संसार,काठमाण्डौ- गरिमा विकास बैंक लिमिटेडको बिहिबार सञ्चालक समितीको बैठकले १६.१५ प्रतिशत बोनस शेयर तथा कर तिर्न ०.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

हाल गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ रहेको छ । बैंकले शेयरधनीहरुलाई ४५ करोड ३ लाख २१ हजार ४३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । भने २ करोड ३७ लाख १ हजार १२७ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश बाँड्नेछ । । बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्नेछ ।

बैंकले शेयरधनीहरुलाई  बोनस तथा लाभांश दिने प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि  आगामी १३ औँ वार्षिक साधारण सभामा लगानीकर्तालाई बोनस तथा लाभांश वितरण गर्नेछ  ।


 

5dbbcf324fcdb.docx 5dbbcfcf24fc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको